शरणार्थी बारे म गृहमन्त्री हुँदै अनुसन्धान अगाडी बढाएको थिएँ – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी बारे आफू गृहमन्त्री हुँदै अनुसन्धान अगाडी बढाएको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकपछिको पत्रकार सम्मेलनमा उनले गृहमन्त्री हुँदा जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरेका हुन्।

‘जब म गृहमन्त्रालयमा थिएँ, हामीले चार पाँच चरणमा बसेर छलफल गरेर, पेचिलो छ भनेर भित्री रुपमा अनुसन्धान सुरु गरेको विषय हो’, रविले पत्रकार सम्मेलनमा दाबी गरे।

ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी अनुसन्धन अघि बढाएको कार्यको आफूले समर्थन गर्ने तर यो ठगीको लहरो पहरोसम्मै रहेको भन्दै लहरो कहाँसम्म पुग्छ र कसरी टुंगिन्छ भनेर हेर्नु पर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =