नेपाली मुक्केबाज रबिन थापा उज्बेकिस्तानी मुक्केबाजसँग प्रतिस्पर्धा गर्दै
२०८० वैशाख २१ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा २०२३ को अप्रिल ३० देखि मे १४ तारिखसम्म हुन गइरहेको आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप ( २०२३ ) मा नेपाली मुक्केबाज रबिन थापाले उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसंग आज प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली मुक्केबाज थापाले ४६.४८ किलो तौल समुहमा उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिईभसँग नेपाली समय अनुसार आज साँझ ६ः४५ बजे राउण्ड ३२ अन्तर्गत इभिनिङ सेसन ७ को बाउट नम्बर १ रिङ्ग ‘बि’मा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएकाछन् ।
२०८० वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित








