झम्सिखेलमा ‘पोस्टकार्ड्स फ्रम काठमाडौंज् पास्ट’ (तस्बिरहरू)

काठमाडौँ । ललितपुरको झम्सिखेलमा रहेको विन्ड हर्स ग्यालेरीमा चलिरहेको ‘पोस्टकार्ड्स फ्रम काठमाडौंज् पास्ट’ मा कसिस दासले आफ्ना तिन पुस्ते कामलाई एकै थलोमा जुटाएका छन् ।

हजुरबुवा द्वारिका दास, बुवा ज्ञानेन्द्र दास र कसिसदास का समयका काठमाडौँका दृश्यले ग्यालेरी सजिएको छ । विन्ड हर्स ग्यालरीमा ‘पोस्टकार्ड्स फ्रम काठमाडूज पास्ट’ प्रदर्शनीमा राखिएका तस्बिरमा १९६० देखि २०२३ सम्मको काठमाडौँ उपत्यकाको परिवर्तित स्वरूप देख्न सकिन्छ ।

काठमाडौँलाई तस्बिरबाट नियालेका उनी २१ औँ शताब्दीमा सबै पुरानै शैलीको रहिरहन नसक्ने स्विकार्छन् । तर, काठमाडौँले के गुमाइरहेको छ भनेर आउने पुस्ताले सोच्नुपर्ने उनको बुझाई छ । यो प्रदर्शनी वैशाख १५ देखि २१ सम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *