५० केजी तौल समूहमा दुवाल र माया केसीले प्रतिस्पर्धा गर्ने

ललितपुर । १९ औं एशियन गेम्सका लागि बक्सिङ खेलको प्रारम्भिक छनौट प्रतियोगितामा ५० केजी तौल समुहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवाल र लुम्बिनी प्रदेशकी माया केसी ले प्रतिस्पर्धा गर्ने भएकिछिन् ।

आज भएको ५० केजी तौल समुहमा सशस्त्र प्रहरीका नन्जा बुढामगरलाई ५:० अंकको आधारमा पराजित गर्दै लुम्बिनी प्रदेशकी मुक्केबाज माया केसी फाईनल प्रबेश गरेकी थिईन् भने सोही तौल समुहमा स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी मुक्केबाज रमिशा श्रेष्ठलाई ५:० अंकको आधारमा बक्सिङ क्लब काठमाडौंकी अस्मिता दुवालले विजय हासिल गर्दै फाईनल प्रवेश गरेकी थिईन् ।

दुवाले बागमती प्रदेशबाट नवौँ राष्ट्रिय खेलकुदमा प्रतिनिधितब गर्दै ५० केजी तौल समुहमा स्वर्ण पदक जितेकी थिईन । फाईनल खेलमा प्रतिस्पर्धा गर्ने दुवै खेलाडीले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५० केजी र ५४ केजी तौल समुहमा रजत पदक जितेका थिए ।

मित्र राष्ट्र चिनको होन्जाउ शहरमा २०२३ मा हुन लागेको १९ औं एशियन गेम्सका लागि आज भएको महिला ५७ केजी तौल समुहको सेमिफाईनल खेलमा बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी खेलाडी पेमा शेर्पा माथि ५:० अंकको आधारमा सशस्त्र प्रहरीकी खेलाडी निता गोसाईले जित हासिल गरेकि थिईन् । भने सोहि तौल समुहमा नुवाकोट जिल्ला भाईब बक्सिङ क्लबकी रक्षा जिसि माथि नेपाल आर्मीकि चन्द्रकला थापाले ए बि डि को आधारमा जित हासिल गरेकी थिईन ।

निता गोशाई र चन्द्रकला थापा फाईनल प्रवेश गरेसंगै ५७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुष तर्फ ५१ केजी तौल समुहमा सशस्त्र प्रहरीका खेलाडी प्रदिप महर्जन र बक्समाण्डु बक्सिङ क्लब काठमाडौंका लक्ष्मण राईलाई क्रमशस् नेपाल प्रहरीका खेलाडी चन्द्र बहादुर थापा र नेपाल आर्मीका खेलाडी सुशील थापाले ५:० अंकको आधारमा जित हासिल गरेर फाईनल प्रबेश गरेसंगै ५१ केजी तौल समुहमा चन्द्र बहादुर थापा र सुशील थापाले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष तर्फ ५७ केजी तौल समुहको सेमिफाइनल खेलमा बाँकेका खेलाडी ईन्द्र बहादुर सुनार र करण लोहारलाई क्रमश :  ५: ० अंक र आरएससीको आधारमा बागमती प्रदेशका खेलाडी बुद्ध ग्याम्जो लामा र नेपाल प्रहरीका खेलाडी पुरन सुनुवारले जित हासिल गर्दै फाईनल खेलमा भेट पक्का गरेका छन् ।

पुरुष तर्फ ६३।५ केजी तौल समुहमा नेपाल प्रहरीका खेलाडी लालु आलेमगर र सशस्त्र प्रहरीका खेलाडी सोनाम सार्कीलाई क्रमशः  ५ः० र ५ः२ अंकको आधारमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राई र बागमती प्रदेश जेनेक्श बक्सिङ क्लबका खेलाडी मौसम रानामगरले जित हासिल गर्दै फाईनलमा भेट पक्का गरेका छन् ।

पुरुष तर्फ ७१ केजी तौल समुहमा नुवाकोट भाईब बक्सिङ क्लबका खेलाडी आशिष पुडासैनी र सशस्त्र प्रहरीका खेलाडी बिक्रम चौधरीलाई क्रमश: आरएससी र ५ः० अंकको आधारमा लुम्बिनी प्रदेशका खेलाडी विकास रानागमर र नेपाल प्रहरीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै फाईनमा भेट पक्का गरेकाछन् ।

पुरुष तर्फ ९२ केजी तौल समुहमा सशस्त्र प्रहरीका खेलाडी गोकुल गुरुङलाई ५ः० अंकको आधारमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसीले जित हासिल गर्दै फाइनल प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =