विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री चौधरी, यस्तो छ अंकगणित

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिँदैछन् । गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक-एक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ । लुम्बिनीमा नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद रहेका छन् ।

lum

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *