अनशनरत पुन र सरकारबीच ७ बुँदे सहमति

काठमाडौँ । सरकारसँग विभिन्न माग राख्दै अनशनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सहमति भएको छ ।

सिंहदरबारमा साेमबार उपप्रधान मन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनपक्षबीच भएकाे छलफलपछि सहमति भएकाे हाे । सरकारले उनको मागको उचित सम्मान गर्न कुनै कसुर नराख्ने प्रतिबद्धता गरेपछि सरकार र उनीबीच सहमति भएको बताइएको हाे ।

सहमति अनुसार सरकारले नवप्रवर्तन, खाेज र अनुसन्धानका लागि एउटा काेष निर्माण गर्ने, उक्त काेषमा पूँजीगत बजेटकाे १ प्रतिशत बजेट विनियाेजन गर्ने, उक्त काेष सञ्चालन र व्यवस्थापनका लागि कानुन बनाउन ६० दिनभित्र विधेयक बनाएर संसदमा लाने लगायतका सहमती भएका छन् ।

वर्तमान सरकारले नवप्रवर्तन, अनुसन्धान, र आविष्कारको क्षेत्रमा लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारबाट माइतिघरमा अनिश्चितकालीन अनशनमा थिए ।उनलाई विभिन्न दल र संस्थाले समेत साथ दिएका थिए ।

यस्ता छन्, ७ बुँदे सहमति 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =