बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाए : पर्यटनमन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शाेषक’कोे संज्ञा दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाई थियो ।

होटेल एसोसिएसन अफ नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घर खेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे ।

मन्त्री किरातीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए ।

उनले सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराउनु भयो । मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताए ।

उनले भने, ‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनु प¥यो । यसरी आम रूपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ । १२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन् । १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश रु पैसा छैन । बैंकलाई लगाई दिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरी उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर । महँगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरा सुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउँथे शोषक । अहिले त कम्प्युटर बोकेर पो आउँछ । गाउँगाउँ पुगेको छ वित्तीय संस्थाहरु । आमाहरुलाई राखेर ऋण दिन्छ । विचरा आमालाई छोराछोरीहरूले मोबाइल माग्छ । अनि, जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन । अर्को महिनादेखि बाख्रा तानिन्छ । गाई तानिन्छ । थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ । यो कथा धेरै छ गाउँमा । सहरमा ब्याज छ । घटाउन सक्ने स्थिति पनि छैन ।’

मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यकता पनि औँल्याए । उनले होटेल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =