गण्डकीमा तीन सदस्यीय मन्त्रीमण्डल बन्यो

काठमाडौँ । गण्डकी प्रदेशमा तीन सदस्यीय मन्त्री मण्डल बनेको छ ।

शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा माओवादीकी सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी सहितको तीन सदस्यीय मन्त्री मण्डल बनेको हो ।

उनीहरूले आजै शपथ पनि लिएका छन् ।

आज नै नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै गण्डकीमा पुनः सरकार गठनको तयारी सुरु भएको हो ।

हाल गण्डकीमा ७ मन्त्रालय छ । यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *