क्रसर उद्योग व्यवसायी सडक आन्दोलनमा (भिडिओ)

काठमाडौं । क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

आईतवार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नविकरण गर्ने कार्यलाई वेवास्था गरेको भन्दै चरणवद्ध सडक आन्दोलनको घाषणा गरेका हो ।

महासंघले गत जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नविकरणको लागि अल्टिमेटम दिएको थियो । अल्टिमेटमा अनुसार सरकारले कुनैपनि मागको सुनुवाई नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।

उनले विगत १० वर्षदेखि क्रसर उद्योगहरु नविकरण नहुँदा क्रसर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै पटक–पटक सरकारसँग नविकरण गर्न माग गर्दा समेत वेवास्था गरेको आरोप लगाए ।

उनले सरकारले व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा विधिगत रुपमा काम गर्न तयार रहेको बताए । उनले क्रसर उद्योगीहरुको समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न माग गरे ।

अध्यक्ष न्यौपानेले सरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले क्रसर नविकरणको समस्या दीर्घकालिन समाधानको लागि समाधानका लागि वार्ता समिति बनाउन ध्यानाकर्षण गराए ।

उनले क्रसर उद्योग नविकरण नहुँदा उद्योगी मात्रै नभई उद्योगमा काम गर्ने श्रमिकहरुको समेत चुलो बाल्न नसक्ने अवस्थाको सिर्जना भएको बताए ।

उनले कानूनसम्मत रुपमा दर्ता भएका र अव्यवहारिक मापदण्डका कारण नविकरण नभएका उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरेर सञ्चालन गर्ने निर्देशन सरकारले गर्नुपर्ने बताए ।

उनले कानूनको दायरामा नआएका उद्योगलाई सरकारले समय दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *