कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा जारी

काठमाडौँ ।  नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो ।

आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफलका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ । आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =