कुल गणनाको आधाभन्दा बढी मत स्वर्णिमलाई (मतसहित)
२०८० वैशाख ११ गते

काठमाडौँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् । उनको पछिपछि रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा २२५१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १५४९ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।
तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








