चितवनमा मतगणना सुरु गर्न मिलेन कुरा, भोलि फेरि बैठक बस्ने
२०८० वैशाख १० गते

चितवनमा सर्वदलीय बैठकमा सहमती नजुट्दा आज राति मतगणना नहुने भएको छ। मतपेटिका संकलन भइसकेपछि बोलाइएको बैठकमा एमाले र कांग्रेस तत्काल मतगणना नगर्ने अडानमा छन्।
रवि लामिछानेले मतदानका क्रममा आचारसंहिता उल्लंघन गरेको र त्यसविरुद्ध उजुरी परेको भन्दै त्यसको टुंगो लगाएर मात्रै मतगणना गर्न उनीहरुको माग छ।
बैठक पुनः भोलि बिहान बस्ने भएको छ।
चितवन क्षेत्र नं २ मा रास्वपाका रवि लामिछानेसहित कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रमुख प्रतिस्पर्धी हुन्।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








