रास्वपाले गरायो निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा रास्वपाले आयोगको ध्यानाकर्षण गराएको हो ।

पार्टीले झुटा पोस्टप्रति सबै सजग रहन अनुरोध गरेको छ । ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले पार्टीको फेसबुक पेजमार्फत भनेको छ, ‘यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =