‘शिव दाइ’ पोडकास्टको पहिलो पाहुना मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । नायक शिव श्रेष्ठले आफ्नो पोडकास्ट (शिव दाइ)मा पहिलो गेष्टका रूपमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसँगको अन्तरङ्ग कुराकानीको प्रोमो सार्वजनिक गरेका छन् ।

आफ्नो चलचित्र यात्रा र जीवनको भोगाइसँगै जोडिएका व्यक्तिहरूसँग कुराकानी गर्नेगरि सञ्चालनमा ल्याएको शिव दाइ पोडकास्टमा उनले पहिलो पाहुनाका रूपमा वरिष्ठ कलाकार श्रेष्ठलाई निम्त्याएका हुन् । प्रोमोमा दुवै कलाकारबीच चलचित्र ट्रक डाईभरको प्रसङ्गमा कुरा भएको सुनिन्छ । नायक श्रेष्ठले नयाँ वर्षको अवसरमा नयाँ कामको सुरुवात भएको भन्दै प्रोमो सार्वजनिक गरेका हुन् ।

बिजनेस दर्शन भिडियो हाउस प्रालिको सहयोगमा उनले पोडकास्ट सञ्चालन ल्याएका हुन् । यसअघि उनले भक्कानिँदै फिल्मी जीवनका भोगाइलाई दर्शक, स्रोतमाझ पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । उनको प्रोडकास्टको संयोजन तथा कार्यक्रम उत्पादन, निर्देशनमा पत्रकार सन्तोष गन्धर्वले सहयोग गर्दै आएका छन् ।

कार्यक्रमको संयोजन गर्दै आएका गन्धर्वले नायक शिव श्रेष्ठको पोडकास्टले नेपाली चलचित्र क्षेत्रको इतिहास बोल्ने बताए । नायक श्रेष्ठको जीवनी लेखनको तयारी स्वरूप पोडकास्ट सुरु गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *