तस्बिरमा बाइसधारा मेला

काठमाडौँ । आज चैत्र पूर्णिमा । बालाजुस्थित बाइसधारामा आज मेला लागेको छ । आजकै दिन मन्नादी देवीको जन्म भएको विश्वाससहित विशेष गरी महिलाले बाइसधारामा स्नान गर्दछन् । यहाँ स्नान गरेर मन्नादी देवीको पूजा अर्चना गरेमा फलिफाप हुने धार्मिक विश्वास रहिआएको छ ।

यहाँ नुहाउनाले शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास छ । सर्वप्रथम बालाजुमा कान्तिपुरका मल्ल राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरेपछि बाइसधाराको नामले प्रख्यात रहन गएको हो ।

यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । चैत्र शुक्ल चतुर्दशीको दिन बौद्धनाथ महाचैत्यमा तेमाल जात्रा मनाउनेहरूले पनि आज बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यको दर्शन गर्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *