मिटरब्याज पीडितहरूको बालुवाटार मार्च (तस्बिरहरू)

काठमाडौँ । मधेसका ८ जिल्लाबाट काठमाडाैँ आएका करिब ४५० जना मिटरब्याज पीडितहरूले आज ‘बालुवाटार मार्च’ गरेका छन् । कैलाली, बाँके, दाङ, रुपन्देही, नवलपरासी, झापा, सुनसरी, तनहुँ, कास्की, उदयपुरसहितका जिल्लाबाट हिजो (चैत्र २० गते) न्यायको लागि संघीय राजधानी आएका पीडितहरूले ‘बालुवाटार मार्च’ गरेका हुन् ।

बिहान त्रिपुरेश्वरमा भेला भई त्यहाँबाट पैदल माइतीघरमा जम्मा भएर उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारको मुख्य प्रवेशद्वारअघि भद्रकालीमा बसेर नारा लगाएका थिए । हिजो साँझ शान्तिवाटिकामै रात कटाएका उनीहरूले आज दिउँसो शान्तिबाटिकादेखि बालुवाटारसम्म मार्च गरेका हुन्।

यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले सरकारले आफूहरूको समस्याको समाधान नगरेको भन्दै पुनः संघीय सरकारलाई दबाब दिन काठमाडौँ आएका हुन् ।

केही हप्ताअघि महोत्तरीबाट १२ दिन पैदल हिँडेर मदेश र कोशी प्रदेशका १० जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौँ आएका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चैत्र १८ गते भेटेर आफ्नो वास्तविकता सुनाएका थिए ।

चालु संसद्को अधिवेशनमा समेत सांसदहरूले विशेष र शून्य समयमा पीडितहरूको पक्षमा आवाजसमेत उठाएका थिए । मिटर ब्याज पीडितकाे समस्या समाधान गर्न सरकारले एउटा आयाेगसमेत गठन गरेकाे छ ।

तस्बिरहरू:-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *