शरीरका कुनै पनि अंग दान गर्न तयार मानिसको खाँचो छ : नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्न सक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाललले मानव जातिको लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताए ।

उनले अरू कसैको जीवन बचाउन आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताए ।

नेपालले भने, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरूको ज्यान बच्न सक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरूलाई रक्तदानका लागि अपिलसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *