भृकुटीमण्डपमा २४ औँ फ्लोरा एक्स्पो सुरु (तस्बिरहरू)

काठमाडौँ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आज (शुक्रबार) देखि २४ औँ फ्लोरा एक्स्पो सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको एक्स्पोमा कुल ६० वटा स्टल रहेका छन् । जसमध्ये प्रदर्शनीका लागि ४६ वटा, प्रतिस्पर्धाको लागि ३ वटा, मल बिउबिजन र गमलाको लागि ८ वटा र अन्य ३ वटा स्टलहरू रहेको एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीमा ४५० भन्दा बढी प्रजातिका फूल तथा बोटबिरुवा राखिएका छन् । प्रदर्शनी यही चैत्र २० गते सम्म चल्ने छ ।

तस्बिरहरू           
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *