सत्ता साझेदार दलमा पाँच मन्त्रालय टुंगिन बाँकी, कांग्रेसले अझै बुझाएन ४ मन्त्रीको नाम  

काठमाडौँ । सत्ता साझेदार दलमा अझै पाँच मन्त्रालय टुंगिन बाँकी छ । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिए पनि अझै पूर्णता भने नपाउने भएको छ । अब पाँच वटा मन्त्रालयको छिनोफानो हुन बाँकी छ ।

कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालयमा मन्त्रीकाे फाइनल हुन बाँकी छ । पाँच मन्त्रालय मध्ये चार मन्त्रालय कांग्रेसको भागमा परेका मन्त्रालय हुन् भने एक मन्त्रालय जसपाको भागमा परेको मन्त्रालय हो ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भन्यो, ‘आज पहिलो चरणमा मन्त्रीपरिषद् विस्तार हुन्छ  । सकभर फाइनल गर्ने प्रयास भइरहेको छ । तर कांग्रेसबाट ४ मन्त्रालयमा जाने मन्त्रीको नाम नाम आएको छैन ।’

यस्ताे छ शुक्रबार मन्त्री बन्नेहरूकाे सूची

नेपाली कांग्रेस
पूर्णबहादुर खड्का – उपप्रधान तथा रक्षा मन्त्री
प्रकाश शरण महत – अर्थमन्त्री
रमेश रिजाल – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
सिता गुरुङ – शहरी विकास मन्त्रालय

चार खाली (नाममा सहहमति हुन बाँकी)

माओवादी
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल
बाँकी सबै पुराना

नेकपा एस
बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

जसपा
अकोश राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
एक खाली

नाउपा
रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

लोसपा
शरद सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

नेसपा
महिन्द्र राय यादव – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

जनमत
अब्दुल खान ९ खानेपानी तथा सरसफाइ मन्त्रालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =