शुरुभयो यस वर्षको एसईई परीक्षा (तस्बिरहरू)

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट ५ लाख १६ हजार ५ सय ७७ विद्यार्थी परीक्षा दिँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयकाअनुसार १४ विद्यार्थी जापानमा सहभागी भएका छन् । राजधानी टोकियोस्थित निर्धारण गरिएको केन्द्रबाट उनीहरू परीक्षा दिइरहेका हुन् ।

७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित भएका छन् । ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसईई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको हो । विद्यार्थीले पढेको भन्दा फरक विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस पटक दृष्टिविहीन विद्यार्थी र प्राविधिक धारतर्फका विद्यार्थीका लागि घरपायक केन्द्र कायम गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । दृष्टिविहीन स्रोतकक्षामै उपकेन्द्र कायम गरिएको हो । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *