कतै कोरोनालाई रुघाखोकी हो भनेर बेवास्ता त गर्नुभएको छैन ?

यी हुन् रुघाखोकी र कोरोनासँग मिल्दाजुल्दा लक्षण

काठमाडौँ । सरकारले कोभिड-१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड १९ र रुघाखोकीका लक्षण मिल्दाजुल्दा हुने हुँदा कोभिड-१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दाजुल्दा लक्षण देखिए बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गर्न मन्त्रालयको सुझाव छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शून्यमा झरेको कोरोना सङ्क्रमण सोमबार १२ सय ६६ जनाको परीक्षण गर्दा ६९ जनामा पुष्टि भएको छ । मङ्गलबार १४ सय २९ जनामा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको थियो । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =