मिटरब्याज पीडितहरूको काठमाडौँ केन्द्रित प्रदर्शन जारी (तस्बिरहरू)

काठमाडौँ । बर्दिबासबाट ११ दिन पैदल हिँडेर आइतबार काठमाडौँ आइपुगेका मिटरब्याज पीडितको काठमाडौँ केन्द्रित प्रदर्शन आज मंगलबार पनि जारी छ ।

पीडितहरूले सोमबार खुलामञ्चमा विरोध कार्यक्रम गर्न खोजे पनि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको अवरोधपछि खुलामञ्चको प्रवेश द्वारअघि नै विरोध प्रदर्शन गर्दै त्यहीँ रात बिताएका थिए ।

मधेस र कोशी प्रदेशका १० जिल्लाका ८५ जना पीडितले आज मंगलबार बिहान बालुवाटारमा प्रदर्शन गर्न खोजे पनि प्रहरीले उनीहरूलाई भाटभटेनीअघि नै रोकेको थियो ।

भाटभटेनीबाट पीडितहरू भद्रकाली हुँदै माइतीघरमा केहीबेर प्रदर्शन गरी नयाँ बानेश्वर गएका छन् ।

उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।

मिटरब्याज पीडितहरू चैत्र २ गते संघीय राजधानीमा प्रदर्शन गर्न बर्दिबासबाट पैदल हिँडेका थिए ।

तस्बिरहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *