मिटरब्याज पीडित भेट्न पुगेका ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी (तस्बिरहरू)

काठमाडौँ । मिटरब्याज पीडितलाई भेट्न माइतीघर पुगेको सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीविरुद्ध नाराबाजी भएको छ । पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन केही बेरअघि पुगेका उनीविरुद्ध नाराबाजी भएको हो ।

उनीहरूले सामन्ती सोच बोकेको पार्टीका नेताको सहयोग आफूहरूलाई नचाहिने बताएका थिए । शाही त्यहाँ पुग्नेबित्तिकै उनीहरूले ‘सामन्तीको सहयोग चाहिँदैन ! ज्ञानेन्द्र शाही मुर्दावाद !! राजावादी मुर्दावाद !!! लगायतका नारा लगाएका हुन् ।

मिटरब्याजी पनि सामन्ती सोचकै भएको र ज्ञानेन्द्र शाहीले पनि त्यही सोचको पार्टीको भएकाले बहिष्कार गरिएको अभियन्ता संघर्ष दाहालले जानकारी दिए । यसैबीच मिटरब्याज पीडितहरूले दुर्गा प्रसाईँको सहयोग पनि बहिष्कार गरेका छन् । बिहान प्रसाईँले सहयोग गर्न खोजेपनि आफूहरूले नलिएको अभियन्ता दाहालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *