उम्मेदवार र मन्त्रीको टुंगो लगाउँदै कांग्रेस, बोलायो केन्द्रीय कार्य सम्पादन समिति 

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक भोलि बिहान पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा मन्त्री छनोट र उपनिर्वाचनका उम्मेदवारबारे छलफल हुनेछ । तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने गरिनेछ भने बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

साथै पार्टीबाट को-को मन्त्री बन्ने भन्नेबारे पनि छलफल हुने बताइएको छ । यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *