ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *