सेनाको हेलिकप्टर चढेर मोरङ पुगे प्रधानमन्त्री

सुन्दरहरैचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । उनि नेपाली सेनाको हेलिकप्टरबाट मोरङ आइपुगेका हुन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल मोरङ पुगेका हुन् ।

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *