विदेशबाट फर्किएका युवाका अनुभवहरूलाई स्वदेशमा सदुपयोग गर्नुपर्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवालाई सहि रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।

शनिबार काठमाडौँमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले बिदेसिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किएपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सकिने मुलुकको आर्थिक अवस्था र स्थानीय समस्या पनि समाधान हुने बताए ।

स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए ।
ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सवै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिए ।

दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको सङ्गठन रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *