२७ वर्ष पछि परेका कुँवरले ९ महिनामा बनाए आईजीपीको बाटो

काठमाडौँ। शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त भएका वसन्त कुँवर एक वर्षअघिसम्म सिनमै थिएनन्। आईजीपी त परको कुरा डीआईजी बन्नै सकस थियो।

चार वर्ष पहिले एसएसपी बन्दा उनी १३ औं नम्बरमा थिए। जतिबेला १४ जना एसएसपीमा बढुवा भएका थिए। उनीभन्दा पछाडी भीम ढकाल मात्रै थिए।

तर गत असारमा डीआईजी बढुवा हुँदा कुँवरले अचानक छलाङ मारे। १३ औं नम्बरका कुँवर पहिलो नम्बरमा बढुवा भए।

पहिलो नम्बरमा डीआईजी हुँदा पनि कुँवरलाई कसैले पत्याएका थिएनन् आईजीपी होलान् भनेर। बरु पछिल्लो एसएसपीबाट आएका अशोक सिंहलाई धेरैले भावी आईजीपीको लख काटे।

इमान्दार भएकै कारण कुँवरलाई पहिलो नम्बरमा ल्याइएको र पछि अशोक सिंहलाई आईजीपी बनाउने त्यतिबेला अनुमान गरिएको थियो। तर आईजीपी बन्ने बेलामा एकाएक कुँवरको पक्षमा माहोल बन्यो।

सुरुदेखि नै आईजीपी बन्न कस्सिएका अशोक सिंह उमेर विवादमा परे। उमेर विवादमा दोषि देखिएका सिंहले राजीनामा नै दिए। त्यसपछि भने कुँवरका लागि आईजीपीको ढोका खुलेको हो।

यो बीचमा कुँवर आईजीपी बन्ने अर्को मुल कारण भनेको बदलीयको सत्ता गठबन्धन हो। एमाले माओवादी सत्ता गठबन्धन कायम रहेको भने कुँवर आईजीपी हुने मौकै थिएन। त्यो अवस्थामा टेकप्रसाद राई, दीपक थापा र श्यामलाल ज्ञवाली प्रमुख दाबेदार हुन्थे।

तर अन्तिम समयमा बदलीयको सत्ता समीकरण पनि कुँवर आईजीपी बन्न अनुकुल बन्यो। प्रधानमन्त्रीले विश्वासको मत लिनु थियो। यता एआईजी बढुवा सिफारिस भयो। गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग दूरी बढाउन चाहेनन्। काँग्रेस कुँवरलाई नै अगाडी बढाउन चाहन्थ्यो।

माओवादी नेताहरु भने दीपक थापा वा श्यामलाल ज्ञवालीलाई अगाडी बढाउन चाहन्थे। जुन उनीहरुले अन्तिम समयसम्म पनि प्रयास गरेका थिए।

कांग्रेस नेतृत्वले डीआईजी बनाउँदा कायम गरेको वरियता अनुसार नै प्रचण्ड सरकारले एआईजी बनायो। यसले कुँवरलाई थप सहज भयो। पहिलो नम्बरमा एआईजी भएका कुँवरले चार दिन अघि मात्रै एआईजीको दज्र्यानी चिन्ह लगाएका थिए।

त्यसपछि आईजीपीका लागि थप रस्साकस्सी सुरु भयो। ज्ञवाली माओवादी नेताका घरघर पुग्न थाले। भएजति सबै शक्ति भिडाए। तर कुँवर भने शेरबहादुर देउवाको अग्रसरता कुरिरहेका थिए। बिहीबार मात्रै देउवाले यसैविषयमा प्रचण्डलाई भेटेर सल्लाह गरे। तर त्यसपछि पनि चलखेल भएको सुनेपछि शुक्रबार दिउँसो पनि टेलिफोन गरे।

देउवाकै जोडबलमा कुँवर आईजीपी बने।

नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

को हुन् कुँवर ?

निवनियुक्त आईजीपी कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। १३ वर्ष प्रहरी निरीक्षकमा काम गरिसकेपछि २०६३ भदौ ८ गते डीएसपीमा बढुवा भए।

इन्स्पेक्टर र डीएसपी हुँदा सिन्धुली, रोल्पा, गुल्मी, सुनसरी, मोरङ, दाङ, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए।

डीएसपीमै हुँदा मनाङ, गोरखा, धादिङको जिल्ला इन्चार्ज भए।

२०७१ फागुन १० गते एसपीमा बढुवा भएका कुँवरले त्यसपछि नुवाकोट र चितवन जिल्लाको कमाण्ड सम्हाले।

चितवनको एसपी रहँदा उनले २०७३ सालमा पुलिस ब्याटन प्राप्त गरेका थिए।

उनी २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भए। एसएसपी भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हाले।

त्यसअघि प्रहरी प्रवक्ता रहँदा उनको धेरैसँग सम्बन्ध विस्तार भएको थियो। त्यसअघिसम् मभने उनलाई कमैले मात्रै चिन्थे।

एसएसपी छँदै प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा पनि उनले काम गरे। डीआईजी भएपछि कार्य विभागमा पदस्थापन भएका उनलाई गृहमन्त्री रवि लामिछाने हुँदा मधेश प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो।

छोटो समय प्रदेशमा काम गरलगतै चैतको पहिलो साता एआईजीमा बढुवा भएका थिए।

कुँवरले प्रहरी सेवामा अहिलेसम्म सुप्रबल जनसेवा श्री, दैवीप्रकोप पीडितोद्वार पदक, गोरखा दक्षिणबाहु चौथो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदकलगायत पुरस्कार तथा १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन्। यूएन मिसनमा सुडान र लाइबेरियामा काम गरेको अनुभव उनीसँग छ।

वसन्त पूर्वमहान्यायाधिवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा २०२६ चैत १५ गते जन्मिएका कुँवरले त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर उतीर्ण गरेका छन्। कुँवरका श्रीमती र दुई छोरा छन्।

विवादमा नपरी काम गर्न नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =