नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक(आईजीपी)मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

कुँवरलाई सरकारले गत साता पहिलो नम्बरमा एआईजीमा बढुवा गरेको थियो ।

सरकारले गत साता कुँवरसँगै श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दीपक थापा र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो । यी ५ एआईजी मध्येबाट पहिलो नम्बरका कुँवरलाई सरकारले आईजीपी नियुक्त गरेको हो ।

कुँवरलाई आईजीपी बनाउन सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो प्रचण्डलाई फोन गरेका थिए ।

श्यामलाल ज्ञवालीलाई एआईजी बनाउन चाहेका प्रधानमन्त्री प्रचण्डले देउवाको आग्रहमा कुँवरलाई आईजीपी नियुक्त गरेका हुन् । वर्तमान आईजीपी धिरजप्रताप सिंह भोलिबाट अवकाश हुन लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *