दलितका लागि मैले नगरे यो देशमा अरु कसैले केही काम गर्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समयुदाका समस्या समाधान र छुवाछुत अन्त्यका लागि आफूले केही नगरे अरु कसैले केही काम नगर्ने ठोकुवा गरेका छन् ।

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेतासमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

दलित समुदायले उठाएका मागका सम्बन्धनमा आफूले आफ्नो यो प्रधानमन्त्रीत्व कालमा सकेसम्मका काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘दलित समुदायका लागि मेरो यो कार्यकालमा सकेको जति गर्नेछु,’ उनले भने, ‘मैले नगरे यो देशमा दलितका लागि अरु कसैले केही गर्नेवाला छैन । मेरो कार्यकालमा वर्षौँसम्म दलित समुदायले सम्झिने गरी केही घोषणा गर्दैछु । मुक्तिका लागि माओवादीले गरेको आन्दोलनमा पनि दलित समुदायका छोराछोरीले हतियार बोकेर युद्ध नलडेको भए मोआवादी युद्ध सफल हुने थिएन । माओवादीले नै यो देशमा दलित मुक्तिको आन्दोलन अघि बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *