आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

जातीय विभेदविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ ।

सन् १९६५ मा संयुक्त राष्ट्र संघले जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मुलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । तर नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउँदै आइएको छ ।

यही दिवसको अवसरमा “छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ” भन्ने नाराकासहित आज मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा काठमाडौँको जोरपाटी चोकमा सडक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समाजका काठमाडौँ शाखा सभापति भगवान् पुडासैनी, काठमाडौँ ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यमान नेपाली समाजमा रहेको जातीय विभेदको अन्त्यका लागि आफ्नो धारण राख्दै नेपाली काँग्रेस नेता तथा सांसद सन्तोष चालिसेले जातीय छुवाछुत मानवीय अपराध हो भन्दै आफ्नो धारणा राखेका थिए ।

    

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *