स्ववियु निर्वाचनमा युवा विद्यार्थीको उत्साह (तस्बिरहरु)

काठमाडौँ । त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका दौरान युवा विद्यार्थीमा उत्साहको वातावरण देखिएको छ ।

२/२ वर्षमा हुनुपर्ने निर्वाचन १४ वर्षपछि बल्ल हुन लागेकोले पनि विद्यार्थीमा उत्साह देखिएको हो । अहिले मतदान भइरेका अधिकांश क्याम्पसमा भोट हाल्न विद्यार्थीको लाइन लागेको देखिएको छ ।

बिहान ८ बजेदेखि हुने भनिएको मतदान कार्यक्रम केहीबाहेक धेरैजसो क्याम्पसमा केही ढिला गरी सुरु भएको थियो । बेलुकी ४ बजेसम्म मतदान हुने कार्यक्रम छ । विद्यार्थीहरु आफ्ना नेता विद्यार्थी चुन्नका लागि मतदान र भोट माग्न व्यवस्त देखिएका छन् ।

काठमाडाैँकाे शंकरदेव क्याम्पस र ल क्याम्पसका विद्यार्थीकाे उत्साह पनि हेर्न लायक देखियाे ।

हेर्नुहाेस् तस्बिरहरु

प्रतिक्रिया

One thought on “स्ववियु निर्वाचनमा युवा विद्यार्थीको उत्साह (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *