नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्रसहित शुभकामना (तस्बिरहरु)

काठमाडौँ । उपराष्ट्रपति निर्वाचित भएपछि रामसहायप्रसाद यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रमाणपत्र प्रदान गरेका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

यादवले यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० दलको समर्थन पाएका उनले १८४ संघीय सांसद र ३२९ प्रदेश सांसदको मत पाएका छन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *