उपराष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
उनले नयाँ बानेश्वर स्थित संघीय संसद भवन पुगेर मतदान गरेका हुन् ।
उनले सञ्चारकर्मीहरू सँग कुरा गर्दै भने, ‘उपराष्ट्रपति पद साठगाँठको पद जस्तो भयो । जनमत जस्तो पार्टीले उम्मेदवार बनाएको छ । यसमा मैले भन्नु केही छैन ।’
साथै ओलीले कांग्रेस सँग सहकार्य हुने सम्भावना तत्कालका लागी नरहेको समेत बताए ।
यसअगाडि प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले मतदान गरिसकेका छन् ।
त्यस्तै सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका छन् ।
सत्ता गठबन्धनले साझा उम्मेद्वारको रुपमा जसपाका रामसहायप्रसाद यादवलाई राष्ट्रपतिमा मत हाल्ने निर्णय गरेका छन् ।
त्यस्तै, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा छन् ।










