लेक्ट्रो ई-साइकल : प्रयोगकर्ता भन्छन्– दैनिकी नै सहज बनयाे (भिडिओ)

काठमाडौँ । नेपाली बजारमा हिरो लेक्ट्रो ई–साइकलका प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढ्दै गएको कम्पनीले जनाएको छ । गत साउन महिनामा निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई—साइकल सार्वजनिक गरेको थियो । साइकल सार्वजनिक भएसँगै यसका थुप्रै प्रयोगकर्ता देखिन्छ ।

लेक्ट्रो ई—साइकलका प्रयोगकर्ता युवराज राउतले लेक्ट्रो ई–साइकललाई चित्तबुझ्दो रहेको बताएका छन् ।

उनले भने, ‘नर्मल साइकलभन्दा राम्रो छ, साइकलको चित्तबुझ्दो छ । कम्पनीको सेल्स सर्भिस पनि राम्रो छ ।’

उनले अन्य साइकलमा बल र उर्जाको आवश्यकता पर्ने तर लेक्ट्रो ई–साइकल ब्याट्रीबाट चल्ने भएकाले बलको आवश्यकता धेरै आवश्यक नपर्ने बताए ।

भिडिओ

राउतका अनुसार सामान्य साइकल सानो उकालोमा पनि चढ्न गाह्रो हुन्छ । तर लेक्ट्रो ई–साइकलले सानोतिनो उकालो सजिलै पार गर्नसक्छ । त्यसकारण लेक्ट्रो ई—साइकल उनलाई एकदमै राम्रो लागेको बताउँछन् । भन्छन्, ‘नर्मल साइकलले उकालो तान्दैन । यसले तान्छ । मन लागेको बेला पाइडल चलाउन सकिन्छ । नलागेको बेला ब्याट्रिबाट चलिहाल्छ ।’

करिब ३ महिना अगाडि लेक्ट्रो ई–साइकल खरिद गरेका उनि उपत्यकाका विभिन्न स्थान घुमिसकेका छन् । उनले साइकलको पाइडल र ब्याट्रीलाई व्यक्तिको चाहना अनुसार प्रयोग गर्नसक्ने बताएका छन् ।

करिब ६ महिनाअगाडि लेक्ट्रो ई–साइकल खरिद गरेका जेठालाल श्रेष्ठ पनि साइकल चढेरै आफ्नो कार्यस्थलमा पुग्ने गरेका छन् । उनी लेक्ट्रो ई–साइकललाई दैनिक प्रयोग गर्छन् । शारीरक मोटोपना भएकाले विद्युतीय साइकलले कार्यस्थल पुग्न सजिलो बनाएको उनको भनाइ छ ।

अन्य सवारी साधनमा पेट्रोलको पैसा लाग्ने र साइकलमा शारीरिक कसरत धेरै गर्नुपर्ने भएकोले लेक्ट्रो ई–साइकल एकदमै राम्रो रहेको उनी बताउँछन् ।‘ मेरो बेसी वेयट छ । सामान्य साइकलमा पाइडल चलाउन गाह्रो हुन्थ्यो । यो इलेक्ट्रिकल भएकोले सजिलो छ ।’

विशेषतः पाइडल र ब्याट्रीले लेक्ट्रो ई–साइकल राम्रो भएको उनको तर्क छ । उनले भने, ‘ब्याट्री र पाइडल दुवै सुविधा भएकाले मलाई मनपर्यो । लेक्ट्रो ई–साइकल कम्फरर्टेबल छ, डे टु डे प्रयोग गर्न सजिलो हुन्छ ।’

जेठालालले लेक्ट्रो ई–साइकलको बारेमा पहिलो पटक इन्टरनेटबाट थाहा पाएको बताउँछन् । साइकलको प्रयोग गरिसकेका उनले पार्ट्सहरू एकदमै बलियो र लामो समयको वारेन्टी रहेकोले किनेर प्रयोग गर्दा निश्चिन्त भएको बताए ।

अर्का प्रयोगकर्ता बबिन कायष्थ पहिल्यैदेखि साइकल चलाउने गरेको बताउँछन् । उनले विगत ३ महिनादेखि लेक्ट्रो ई–साइकलको प्रयोग गरिरहेका छन् । लेक्ट्रो ई–साइकलमा पाइडल चलाउन नपर्ने र ब्याट्रीबाट चल्ने भएकाले साइकल एकदमै सजिलो र कम्फर्टेबल रहेको उनको भनाई छ ।

साइकलमा भएको चिप सिस्टमले गर्दा साइकल अझ सुरक्षित भएको उनी बताउँछन् । उक्त चिपको प्रयोगले साइकललाई चोरी हुनबात बचाउँछ ।

लेक्ट्रो ई–साइकलका प्रयोगकर्ता रमेश नेवार पनि ६ महिनादेखि लेक्ट्रो ई–साइकलको प्रयोग गरिरहेको बताउँछन् । सूर्य चुरोट कम्पनीमा काम गर्ने उनले आफूसहित दैनिक १ सय किलो वजन लेक्ट्रो ई–साइकलमा बोक्ने गरेका छन् ।

लेक्ट्रो ई–साइकलको प्रयोगले रमेश नेवारको भारी सामान बोकेर पाइडल चलाउनुपर्ने बाध्यता हटेको छ । लेक्ट्रो ई–साइकलमा सामान ओसार्न सहज रहेको उनले बताए । उनले भने, ‘पहिलाभन्दा अहिले धेरै नै सजिलो भयो ।’

‘मैले धेरै मानिसलाई पनि सुनाई सके,’ उनले भने, ‘पुल्चोकमा जानु, हरिहर भवन जानु भनेर मैले चिनेका सबैजनालाई भनेको छु ।’

रमेशले आफूजस्तै कामदार र अन्य साइकल चालकहरूलाई लेक्ट्रो ई–साइकल प्रयोग गर्न सुझाब दिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *