प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्ड
२०७९ चैत १ गते

काठमाडौँ । प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बिहान सरकारी निवास बालुवाटारमा पुगेर उनीहरूले प्रचण्डसँग भेट गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका प्रदेश प्रमुखहरूले प्रचण्डलाई समेत भेटेका हुन् ।
२०७९ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








