कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०७९ चैत १ गते

फाइल फोटो
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
२०७९ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








