‘साताका सात’ तस्बिर

यात्रुको प्रतीक्षामा
वीर अस्पतालअघि यात्रुको प्रतीक्षामा बसेकी ट्याम्पो चालिका ।

सांसदको धारणा
राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि टेलिभिजनमा आफ्नो धारणा राख्दै एक सांसद ।

वृक्षारोपण
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजलस्थित बिपी संग्रहालय परिसरमा रुद्राक्षको बोट रोप्दै  ।

बिपी संग्रहालय 
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं। १ सुन्दरीजलमा अवस्थित बिपी संग्रहालय । जहाँ पञ्चायकालमा नेपाली कांग्रेसका नेताहरू विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनले बन्दी जीवन बिताएका थिए ।

राष्ट्रपति छान्ने लाइन
फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा भोट हाल्न लामबद्ध प्रदेश सभाका सदस्यहरू ।

ग्राहकको प्रतीक्षा
भृकुटीमण्डपमा रहेको खुल्ला पसलमा ग्राहकको प्रतीक्षामा रहेकी एक व्यापारी ।

सुरक्षा कवच
राष्ट्रपति निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न मतदानस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको प्रहरीको सुरक्षा कवच ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *