‘साताका सात’ तस्बिर

फूलसँग सेल्फी
भृकुटीमण्डप स्थित बगैँचामा ढकमक्क फुलेको चेरीको बोटसँगै सेल्फी लिन व्यस्त एक युवती ।

फूलमा भमरा !
भृकुटीमण्डपस्थित बगैँचामा फुलिरहेको चेरीमा रस चुस्दै माहुरी ।

भक्तपुरको रानीपोखरी
भक्तपुरका तत्कालीन मल्ल राजा जगतज्योति मल्लले नेपाल सम्बत ७५० (विक्रम सम्बत १६८७) मा बनाउन लगाएका भक्तपुरको रानीपोखरी ।

भक्तपुरको जलेश्वर  
भक्तपुर दूधपाटीमा अवस्थित भाजु पुखु (भाजु पोखरी)मा निर्माण गरिएको ८०० वर्ष पुरानो जलेश्वर महादेव मन्दिर ।

‘विमोक्ष’ को एक दृश्य
बत्तीसपुतलीमा रहेको शिल्पी नाटकघरमा मञ्चन भईरहेको नाटक ‘विमोक्ष’ मा अभिनय गर्दै कलाकारहरू ।

‘मुनमुन’ को एक दृश्य
थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भईरहेको नाटक ‘मुनमुन’ मा अभिनय गर्दै कलाकारहरू ।

प्रधानमन्त्रीको ‘किक’
च्यासल रंगशाला उद्घाटनको क्रममा खेलाइएको एन्फा पदाधिकारी र कलाकारबीचको खेल शुरु गर्नुअघि फुटबल ‘किक’ गर्दै प्रधानमन्त्री प्रचण्ड ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *