पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान, मानव अधिकार सम्मेलनमा सहभागि हुने 

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बंगलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागि हुन ढाका प्रस्थान गरेका छन् ।

ढाकामा हुने मानव अधिकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन आज मध्यान्ह १२।४० वजे विमान बंगलादेश एयरलाइन्सबाट उनी  बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, नेकपा  एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य ताज महम्मद मियाँ, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा.शंकर खतिवडा छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले भोलि ढाका स्थित सर्वोच्च अदालतपरिषरमा आयोजित  मानव अधिकार सम्मेलन २०२३ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलि शुक्रबार  पूर्व प्रधानमन्त्री खनाल र बंगलादेशकी सम्माननीय प्रधानमन्त्री शेख हसिनाको बिचमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै, अन्य उच्चस्तरीय भेटवार्ताहरु पनि तय भएको खनालको सचिवालयले जनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *