बालाजुमा आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान (तस्बिरसहित)

काठमाडौँ । ट्राफिक प्रहरीले चेकजाँच(नियमन)को क्रममा अनावश्यक दुःख दिएको भन्दै आन्दोलनरत यातायात मजुदरले बालाजु बाइपास माछापोखरी सडकमा प्रहरी भ्यानमाथि आगजनी गरेका छन् ।

बालाजु क्षेत्रमा सडकमै बस तेर्स्याएर आन्दोलन गरिरहेका उनीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।

उनीहरुले अर्को एक गाडी समेत तोडफोड गरेर जलाइदिएका छन् । त्यस्तै, ट्राफिक प्रहरीले राखेको सडक डिभाइडरसमेत जनाएका छन् ।

ट्राफिक प्रहरीले महँगो जरिवाना लिएको, अनावश्यक दुःख दिएको भन्दै उनीहरुले दिउँसोदेखि सो क्षेत्रमा बस तेर्स्याएर आन्दोलन गरिरहेका हुन् । आन्दोलनका कारण सो क्षेत्रमा सर्वसाधारणले पैदलै हिँड्नु परेको छ । धेरैले दुःख पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *