विजय सभालाई सम्बोधन गर्न इलाम पुगे ओली

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले विजय सभा आयोजना गरेको छ ।

विजय सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्माले इलाम पुगेका छन् ।

ओलीले सुहाङ नेम्वाङलाई भेटेरै बधाई तथा शुभकामना दिएका छन् । केहीबेरमा इलामको चोकबारमा विजय सभा सुरु हुँदैछ ।

आज बिहान सकिएको मतगणनामा एमाले उम्मेदवार सुहाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *