सुनसरीबाट करिब १८८ किलो गाँजा बरामद

सुनसरी । बर्जु गाउँपालिका–५ मुस्लिम टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८८ किलो सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा को.२ त ३१७५ नम्बरको ट्याक्टरको ट्रलीमा प्रवेज अन्सारी समेत २ जनाले गाँजा परालले छोपी प्लाष्टिकको डोरीले बाध्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीलाई देख्नासाथ फरार भएपश्चात प्रहरीले ट्याक्टरमा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *