छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकमा बा.प्र.०२(०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा.७५ प १६५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते
भएका मोटरसाइकल चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सिन्धुली, दुधौली नगरपालिका–९ दुधौली बजारमा दुधौलीबाट खोरभन्ञ्याङतर्फ जाँदै गरेको बा.३८ प ५९५५ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा चालक दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ३५ वर्षीय रोशन अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उदयपुरस्थित कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले सोही नगरपालिका–१४ बस्ने २३ वर्षीया रस्मिता सुनुवारलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलको ठक्करबाट
गम्भीर घाइते भएकी रस्मिता दुधौलीस्थित हेम्स हस्पिटलमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् ।

त्यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका–५ सृजना नगरस्थित सडकमा बाग्मती प्रदेश नम्बर ०१–०३० च.०९९५ नम्बरको कारमा बा. ७३ प २८३६ नम्बरको स्कुटर ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई काठमाडौं माईतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुरठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, जलेश्वर नगरपालिका–३ मालिवारा चोकस्थित सडकमा जलेश्ववरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको आरजे २३ युबि ५८४६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय रमेश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त कारको ठक्करबाट घाइते भएका अर्को साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *