डेटिङ एप- जहाँ सबै प्रेम कथाहरू सुरु हुन्छन्

काठमाडौँ । हामीमध्ये कतिपयले डेटिङ भन्नेबित्तिकै प्रेमी र प्रेमिकाको मिलन गर्ने समय भन्ने बुझ्छौँ । हुन् पनि हो, डेटिङभित्र यी कुराहरू पर्दछन् । तर यति कुराले मात्र डेटिङ शब्दलाई परिभाषित गर्न सक्दैन । वास्तवमा डेटिङ भन्नाले पूर्ण योजनासहित गरिने भेटघाट हो ।

यसकारण डेटिङ प्रेमका लागिमात्र नभएर कुनै काम वा उद्देश्य प्राप्तिको लागि गरिने भेट भन्ने पनि बुझिन्छ । बजारमा आएका फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूले आजभोलि डेटिङलाई सहज बनाइदिएको छ । यसकारण युवाहरूलाई जोडी बनाएर प्रेम गर्ने सहज वातावरण बनेको छ ।

नेपालमा एस्टर इनोभेसन कम्पनी (Aster innovations pvt)ले डिजाइन गरी निर्माण गरेको Aster CLIQ (डेटिङ एप)ले पनि यो प्रचलनलाई थप प्राथमिकता दिएको छ। Aster CLIQ एउटा डेटिङ एप हो । जहाँ हामीले CLiQtans (एप प्रयोग गर्ने अर्को व्यक्ति )लाई अनुरोध मार्फत आफ्नो प्रेमलाई सुरक्षित गर्न सकिन्छ । त्यहाँ CLiqtans का बारेमा सम्पूर्ण जानकारीहरू पनि राखिएका हुन्छन् । त्यसैले डेटिङ एप एकदमै सुरक्षित, वास्तविक र विश्वसनीय सामाजिक सञ्जाल र डेटिङ प्लेटफर्म भएको Aster CLIQ को अवधारणा विकासकर्ता दीपेश न्यौपानेले बताए ।

विशेषगरी महिलाहरू अनलाइन र डेटिङ भन्ने शब्दबाट झस्किने वा डराउने गर्दछन् । तर डेटिङ एप महिलाहरूका लागि उतिकै सुरक्षित रहेको उनले बताए । महिलाहरूले निर्धक्क भएर सोसल मिडियामार्फत आफ्नो जीवनसाथी खोज्न सक्ने उनको भनाई छ ।

उनले एउटा जोडी सफल भएमा उनीहरूको अनुहारमा हाँसो ल्याउन सकेमा आफूहरू सफल हुने बताए । भन्छन् ‘एउटा जोडी सफल हुनु भयो भने हामीले डिजाइन गरेको, खर्च गरेको दुःख हरू अर्थपूर्ण हुन्छन् । उनीहरूको अनुहारमा हाँसो ल्याउनु हाम्रो सफलता हो ।’

डेटिङ एपका लागि सफ्टवेयर इन्जिनियर दिनेश न्यौपाने र उनका सहकर्मी दुई वर्ष देखि गृहकार्य गरेका थिए । सुरुमा मानिसहरूलाई यो कन्सेप्ट सुनाउँदा सबैजना हाँसे तर आज यो यथार्थमा परिणत भएको न्यौपानेले बताए । न्याैपानेकाअनुसार उनका सहकर्मी विजय अविवाहित हुँदा जीवन साथी खोज्न निकै दुःख भयो । यो व्यक्तिगत दुःख होइन सामाजिक दुःख हो । त्यस्तै दुःख अरूलाई नपरोस् भनेर डेटिङ एपको कन्सेप्ट निर्माण भयो ।

डेटिङ एप एन्ड्राेइट र आइफाेन दुबैका लागि निःशुल्क एप हो । नयाँ प्रयोगकर्ताले पूर्ण साइन अप दिशानिर्देशहरू र प्रमाणीकरण प्रक्रिया पछ्याएर निःशुल्क साइन अप गर्न सकिन्छ । सदस्यता, योजना वा व्यक्तिलाई छनोट गर्न सकिन्छ । प्रयोगकर्ताले कुनैपनि प्रोफाइलमा अभिव्यक्ति पठाउन सक्छन् । कुराकानी सुरु गर्न प्रयोगकर्ताले अनुरोध पठाउनुपर्छ । यो एपमार्फत अनलाइन सपिङ र हवाई टिकेटहरू पनि बुक गर्न सकिने न्यौपानेको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *