‘साताका सात’ तस्बिर

रङ्गिँदै पाशुपत क्षेत्र
शिवरात्रि नजिकिँदै गर्दा पाशुपत क्षेत्रमा रंगरोगन गर्दै कामदार ।

सुरु भयो सूचना प्रविधि मेला
सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ मा प्रदर्शनी स्थल नजिक सजाइएको छाताहरू ।

भग्नावशेष हुँदै सम्पदा
पाशुपत क्षेत्रमा रहेको राम मन्दिर भित्रको सम्पदा । ०७२ को भूकम्पबाट चर्किएको यो सम्पदा दिनप्रतिदिन भग्नावशेषमा परिणत हुँदैछ ।

ठुटा तहलाउँदै
पशुपतिको भष्मेश्वर घाटमा मुर्दा जलाएर बाकी रहेको दाउराको टुटा तलाउँदै एक कामदार ।

प्रबलीकरण हुँदै त्रिचन्द्र
२०७२ को भूकम्पबाट जीर्ण भएको त्रिचन्द्र कलेजको प्रबलीकरण सुरु भएसँगै काममा व्यस्त कामदारहरू ।

‘क्यान’विरुद्ध प्रदर्शन
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा समावेश गरेसँगै ‘क्यान’को विरोधमा उत्रेका प्रदर्शनकारी ।

मौसमी व्यापार
धुलिखेलको कालिका मन्दिरमा कपासे चकलेट ‘सुगर क्यान्डी’ बेच्दै एक व्यापारी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *