क्यान इन्फाेटेक मेलामा पहिलो पटक सफ्टवेयर कम्पनी सहभागी

काठमाडौँ । क्यान इन्फोटेक एक्सपोको इतिहासमै पहिलो पटक यो वर्ष सेवामूलक सफ्टवेयर कम्पनीहरुले समेत सहभागिता जनाएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको २८ औँ संस्करणको यो मेलामा पहिलो पटक सफ्टवेयर कम्पनीहरुले समेत सहभागीता जनाएको क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले बताए ।

उनका अनुसार प्रदर्शनीमा सेवामूलक सफ्टवेयर कम्पनीको समेत सहभागिता भएकाले विगतभन्दा फरक र विविधतायुक्त देखिएको छ ।

विगतको प्रदर्शनीमा अवलोकनकर्ताहरू नयाँ प्रविधिको अवलोकन र सूचना प्रविधिसम्बन्धी सामग्री खरिद गर्न आउँथे । तर यसपटक प्रदर्शनीमा सेवादायक कम्पनीलाई समावेश गरेर सूचनाप्रविधिसम्बधी ज्ञानमा आधारित र सफ्टवेयर प्रविधिमा आधारित मेला बनाइएको उनले बतए ।

‘प्रदर्शनीलाई यो वर्ष हामीले नलेजबेश, सफ्टवेयर इन्डष्ट्री बेश बनाई सेवादायक कम्पनीलाई पनि सहभागी गराएका छौँ । २८ औँ संस्करणमा पहिलो पटक सफ्टवेयर कम्पनीलाई राखेका हौँ ।’

यो मेलामा विगतमा सूचना प्रविधिअन्तर्गत हार्डवेयर क्षेत्रका कम्पनीहरू मात्र सहभागी हुने चलन थियो । अहिले प्रविधिको विकास भइसकेको छ । प्रदर्शनीमा सूचनाप्रविधिबारे उच्च जानकारी राख्ने र बुझेका अवलोकनकर्तासमेत आइरहेका छन् । त्यसैले प्रदर्शनीलाई विविधतायुक्त बनाउन यसको मोडेलमा केही परिमार्जन गरिएको उनले बताए ।

प्रदर्शनीमा अनलाईन भुक्तानी प्रणाली सञ्चालक कम्पनी आइएमई पे, केटाकेटीहरुको डेटिङका लागि अनलाइइन डेटिङ एप, दूरसञ्चार सेवासँग सम्बन्धीत कम्पनी एनसेल जस्ता सेवामूलक सफ्टवेयर कम्पनीहरु समेत सहभागी छन् ।

क्यान महासंघले चीन र भारतसँगै नेपाललाई पनि प्रविधिमूखी बनाउन बौद्धिक उत्पादनलाई प्रदर्शन गरिएको जनाएको छ । यद्यपी, प्रदर्शनीमा सेवामूलक सफ्टवेयर उत्पादनहरू भन्दा हार्डवेयर वस्तुमा बढी अवलोकनकर्ताको भिड देखिएको छ ।

क्यान महासंघले अवलोकनकर्तारूलाई नेपाली युवाहरूले बनाएको उत्पादनलाई नजिकबाट चिन्न र प्रयोग गर्न अह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *