प्रधानमन्त्री शाहले भने- पुँजी बजार र धितोपत्र व्यवसायका समस्या समाधान गछौं

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पुँजी बजार तथा धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकायसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा व्यवसायीहरुसँग छलफल गर्दै उनले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा प्रधानमन्त्रीले नेपालको पुँजीबजारको दीर्घकालीन विकासका लागि शेयर बजारका सरोकारवालाले उठाउँदै आएका विभिन्न सुझावहरू कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको बताउँदै संस्थागत लगानीकर्ता बढाउनेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना, प्राथमिक निष्कासन प्रणाली सुधार, दोस्रो बजारमा तरलता वृद्धि तथा कर प्रणाली पुनरावलोकनसम्मका विषयमा आवश्यक पहल गरिने आश्वासन दिए ।

पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले बताए ।

छलफलका क्रममा व्यवसायीहरूले लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेकाले माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने तथा राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिनलगायतका सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =