राष्ट्रपतिमाथि ३ महिना र प्रधानन्यायाधीशमाथि ५ महिनाभित्रै महाअभियाेग टुंग्याउनुपर्ने

काठमाडौँ । संसद सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिमाथि लगाइने महाअभियोग ३ महिनाभित्रै टुंग्याउनु पर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद सचिवालयले यस्तो प्रस्ताव गरेको हो ।

त्यस्तै, प्रधानन्यायाधीश, न्यायपरिषद्का सदस्य र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीविरुद्धको महाअभियोग ५ महिनाभित्र टुंगो लगाइसक्नुपर्ने प्रस्ताव गरेको समितिमा पेश गरेको छ ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको महाअभियोगको टुंगो नलाग्दै उनको अनिवार्य अवकाश भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *