दाँत दुखेपछि परीक्षणका लागि वीर अस्पताल पुगे प्रधानमन्त्री
मकालु खबर
२०८१ वैशाख २६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् ।
आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।
मकालु खबर
२०८१ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित